प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो, कहिले जाँदै छन् दिल्ली ?

आइतबार, २९ चैत्र २०८२, १३ : ०६

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तो स्वीकार गरेका छन् । 

प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै मोदीले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो पठाएका थिए । दुई साताअघि यही चैत १३ मा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । 

नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय पत्रकारसँग कुराकानी गर्दै मोदीले दिएको भारत भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेको जानकारी गराएका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निमन्त्रणलाई प्रधानमन्त्री बालेन शाहले स्वीकार गरिसक्नुभएको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘दुई देशबीचको उच्चस्तरीय भ्रमण र द्विपक्षीय परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ ।’ 

परराष्ट्र नीतिमा निरन्तरता कायम राख्ने र संविधानले निर्दिष्ट गरेका सार्वभौमिकता, भौगोलिक अखण्डता र असंलग्नताको सिद्धान्तमा बालेन नेतृत्वको वर्तमान सरकार अडिग रहने मन्त्री खनालले प्रतिबद्धता जनाएका छन् । 

भारतीय समकक्षी मोदीको भारत भ्रमण स्वीकार्दै प्रधानमन्त्री बालेनले उपयुक्त समयमा भारतको भ्रमण गर्ने जानकारी गराएका छन् । 

 
आइतबार, २९ चैत्र २०८२, १३ : ०६

प्रतिक्रिया