राष्ट्रिय नेपाली साहित्य अवार्ड हुने

मंगलबार, ०१ बैशाख २०८३, ११ : २३

काठमाडौं- नेपाली भाषा, साहित्य तथा स्रष्टाहरूको सम्मान र प्रवद्र्धन गर्ने उद्देश्यले “राष्ट्रिय नेपाली साहित्य अवार्ड” आयोजना गरिने भएको छ । अवार्डको आयोजना रेस्पोन्सिभ मिडिया प्रा.लि. ले गर्ने भएको हो ।

आयोजक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने लक्ष्य राखिएको जनाएको छ । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ प्रतिभा पहिचान र पुराना स्रष्टाहरूको योगदानको कदर गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ ।

National  Nepali Litrature awards

अवार्डमा कविता, कथा, उपन्यास, गजल, निबन्ध, समालोचना लगायत विभिन्न विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिनेछ । साथै, जीवनभर साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड” समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार अवार्डका लागि आवेदन तथा मनोनयन प्रक्रिया चाँडै सार्वजनिक गरिनेछ । छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन विज्ञहरूको निर्णायक मण्डल गठन गरिने जानकारी दिइएको छ । यस अवार्डले नेपाली साहित्यको विकास, संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम काठमाडौंमा भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको आयोजक रेस्पोन्सिभ मिडिया प्रा.लि.ले जनाएको छ ।
 

 
मंगलबार, ०१ बैशाख २०८३, ११ : २३

प्रतिक्रिया