हर्क साम्पाङको सम्पत्ति : ४-५ तोला सुन र २-४ लाख बैंक ब्यालेन्स

मंगलबार, ०१ बैशाख २०८३, १३ : ०१

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले केही दिनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन्। 

नयाँ वर्ष २०८३ सुरुवातको दिन मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत चाँडै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका हुन्। यस क्रममा उनले वैदेशिक रोजगारीबाट जोडेको केही रकम र सुनबाहेक आफ्नो नाममा जमिन नरहेको दाबी पनि गरेका छन्।

‘मेरो सम्पत्ति विवरण चाहिएको रैछ। केही दिनपछि दिउँलान्त मेरो। मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा खोटाङ केपिलाशगढी-२ चोखाने गाउँको पाखारेखा, खरबारी बाँस र उतिस घारीसहितको केही खेतबारी छ। गाउँ भिरालो पाखामा छ। त्यो पनि दाजु-दिदीहरूले अंश लिएका छैनन्। मेरो नाममा केही छैन’, सांसद साम्पाङ लेखेका छन्, ४-५ तोला सुन वैदेशिक रोजगारीबाट जोडेको होला। बैंक ब्यालेन्स २-४ लाख होला। म सार्वजनिक गर्नेछु। केही छैन मेरो नाममा।’

 
मंगलबार, ०१ बैशाख २०८३, १३ : ०१

प्रतिक्रिया