लेखा समितिको सभापतिमा कांग्रेसलाई सघाउन एमाले र नेकपा तयार

विहीबार, ०३ बैशाख २०८३, १४ : ११

काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई सघाउने विपक्षी दलले निर्णय गरेका छन्।

बिहीबार बसेको कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संयुक्त बैठकले मिलेर जाने निर्णय गरेको हो। लेखा समिति सभापतिमा कांग्रेसलाई सघाउन एमाले र नेकपा सहमत भएका हुन्। 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, एमाले र नेकपाका सांसदको बैठक बसेको थियो। बैठकको निर्णय अनुसार, अब कांग्रेसले लेखा समितिको सपभातिमा उम्मेदवारी दिने कांग्रेस सांसद भीष्मराज आङदेम्बेले बताए। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिने निर्णय गरेको छ। अन्य समितिको नेतृत्वमा भने रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको छ।

 
विहीबार, ०३ बैशाख २०८३, १४ : ११

प्रतिक्रिया