कृषि विकास बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सेवा विस्तारका लागि सम्झौता

विहीबार, ०३ बैशाख २०८३, १७ : ४९

काठमाडौं- कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा.लि. बीच रेमिट्यान्स कारोवार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा कृषि विकास बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागीय प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख आलोक जोशीको उपस्थिति रहेको थियो।

सम्झौता अनुसार अब विदेशबाट पठाइने रेमिट्यान्स रकम सम्सारा रेमिटमार्फत कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जाल तथा एजेन्ट नेटवर्कबाट देशका दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सहज रूपमा भुक्तानी गर्न सकिनेछ। यस सहकार्यले रेमिट्यान्स कारोबार विस्तार हुनुका साथै ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको बैंकले जनाएको छ।

त्यस्तै, Real-Time API प्रणालीमा आधारित सेवा तथा सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जालमार्फत सहकार्यले बैंकको व्यवसाय विस्तार, कारोबार वृद्धि तथा आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

 
 
विहीबार, ०३ बैशाख २०८३, १७ : ४९

प्रतिक्रिया