‘यामाहा ब्लु फेस्ट’ छैटौं दिनमा, दैनिक १०० भन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री

शुक्रबार, ०४ बैशाख २०८३, ०९ : ५७

काठमाडौं– यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत ‘यामाहा ब्लु फेस्ट’ आज(शुक्रबार) छैटौं दिन पनि सफलतापूर्वक सञ्चालन भइरहेको छ । 
यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकल प्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको छ । 

कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरि डिजाइन गरिएको थियो ।

ब्लु फेस्टको औपचारिक सुरूवातको रूपमा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाहीले यही चैत्र २९ गते संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

कम्पनीका मार्केटिङ प्रोडक्ट म्यानेजर प्रसान्त राजभण्डारीले नेपालमा नै पहिलो पटक आएको हाइब्रिट मोटरसाइकल भइकोले यसको कुनै प्रतिस्पर्धी नभएको बताएका छन् । यसले आफ्नो बजार आफै बनाउने भन्दै यस्मा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल ABS / Y–कनेक्ट जस्ता विशेषताहरूबारे जानकारी दिँदै उनले भने, ‘FZ FI न्यु जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने आजका राइडरका लागि तयार गरिएको हो । यस मोडलमार्फत हामीले अझ स्मार्ट, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं ।’

भण्डारीले अगाडि भने, ‘ब्लु फेस्टको अर्को प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका थिए । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिताले बजार अनुसारको उचित मूल्यांकन  सुनिश्चित गर्दै पारदर्शी र प्रतिस्पर्धी एक्सचेन्ज सुविधाप्रदान गरेको थियो ।’ 

साथै, ग्राहकहरूले नागरकिता मार्फत तुरुन्तै फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको लचिलो ईएमआई  विकल्प तथा ब्लु फेस्ट योजना अन्तर्गत अधिकतम रु. ५ लाखसम्मको क्यासब्याक सुविधा पनि प्राप्त गर्ने राजभण्डारीले बताए ।

कम्पनीकी प्रोडक्ट म्यानेजर समिक्षा गौतमका अनुसार ‘यामाहा ब्लु फेस्ट’ सुरु भएको दिन देखि आज सम्म दैनिक १०० भन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री भएकोृ छ । काठमाडौंको भृकुटी मण्डपमा गरिएको जस्तो ‘यामाहा ब्लु फेस्ट’ कार्यक्रम देशका ठूला शहरहरुमा गर्ने प्रोडक्ट म्यानेजर गौतमले जानकारी दिइन् ।  

यामाहा ब्लु फेस्ट मार्फत कम्पनीले ग्राहकलाई पूर्ण ब्रान्ड अनुभव प्रदान गर्नुका साथै इनोभेसन र राइडर सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ । 

 
 
शुक्रबार, ०४ बैशाख २०८३, ०९ : ५७

प्रतिक्रिया