प्रत्यक्ष सांसद नभएको क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने रास्वपाको निर्णय

आइतबार, ०६ बैशाख २०८३, १७ : ३४

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। 

आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

 
आइतबार, ०६ बैशाख २०८३, १७ : ३४

प्रतिक्रिया