गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ

मंगलबार, ०८ बैशाख २०८३, १५ : २९

काठमाडौं- गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।

पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।

 
मंगलबार, ०८ बैशाख २०८३, १५ : २९

प्रतिक्रिया