अपडेट

२.९५ अंकले घट्यो नेप्से परिसूचक, तीन कम्पनीमा सकारात्मक सर्किट

बुधबार, ०९ बैशाख २०८३, १५ : २१

काठमाडौं- साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २।९५ अंकले घटेर २८०४.१७ बिन्दुमा पुगेको हो । 

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो पाँच अर्ब ७७ करोडको कारोबार भएकामा आज सात अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ । 

कारोबारमा आएका ३४२ कम्पनीमध्ये १२१ कम्पनीको मूल्य बढेको छ । १३८ कम्पनीमा मूल्य घट्दा १० वटाको स्थिर रह्यो । 

आज तीन कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो र शिखर पावरको मूल्य सोबराबर बढेको हो । होटेल फरेस्ट इनको मूल्यमा १०.७५ प्रतिशतको गिरावट आएको छ । 

 
बुधबार, ०९ बैशाख २०८३, १५ : २१

प्रतिक्रिया