काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले यो सहित ६ वटा अध्यादेश पठाएपछि अहिलेलाई एउटा मात्रै जारी गरेका हुन् ।
राष्ट्रपति पौडेल सहकारी सम्बन्धी अध्यादेश जारी गरेर अरु अध्यादेश के गर्ने भनी परामर्श लिन कानुनविदसँग छलफलमा बसेका छन् । सरकारले संसद् रोकेर धमाधम अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श गर्न थालेका हुन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्वमहान्यायाधीवक्ता महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेतसँग राष्ट्रपति पौडेलले परामर्श लिइरहेका छन् ।

प्रतिक्रिया