काठमाडौं– सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ ।
आज बिहान बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो ।
विपद्को दृष्टिकोणले जोखिमयुक्त मानिएका र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ८ सयभन्दा बढी घरटहरा शुक्रबार मात्रै ध्वस्त पारिएका छन्। गोंगबु, कपन र बुढानीलकण्ठ जस्ता क्षेत्रमा भने स्थानीयले सरकारी कारबाहीको डरले आफ्ना संरचना आफैं भत्काएर सरसामान हटाउन सुरु गरेका छन्।
बस्ती भत्काइएपछि विस्थापित भएका नागरिकहरूका लागि सरकारले तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था मिलाएको छ। दशरथ रंगशालामा लगत संकलन गरेपछि उनीहरूलाई ललितपुरको धापाखेलस्थित टेवा कार्यालय र भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र लगिएको छ।
प्रतिक्रिया