काठमाडौं - आईतवार बेलुकी आएको बर्षा सहितको हावाहुरीले सल्यानमा निजि तथा सरकारी भवनहरुमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार विभिन्न स्थानमा क्षति पु¥याएको छ । हावाहुरीले छत्रेश्वरी गाउँपालिका वडा नम्वर ४ जयचौर स्थित कोर्बाङ झिम्पे स्वास्थ्य चौकीको एक कोठे जस्तापाता भवनको छाना उडाएको प्रहरीले जानकारी दिएको छ ।
हावाहुरीकै कारण कालिमाटी गाउँपालिका ५ अमारेदमर बस्ने गणेश डांगीको जस्तापाताले छाएको कच्ची घरको छाना उडाउनुको साथै घरको भित्तामा समेत सामान्य क्षति पुगेको छ । प्रहरीका अनुसार शारदा नगरपालिका १३ साझखर्क बस्ने तारी रोकाको २ तले कच्ची घर र जस्तापाताले छाएको कच्ची टहरा, सोहि नगरपालिका वडा नम्वर १ सुकेखोला बस्ने गिता के।सी।को १ तले ३ कोठे टिनले छाएको कच्ची घर, वडा नम्वर १४ बस्ने बिष्णु कुमारी बुढाथोकीको २ तले ४ कोठे कच्ची घर, वडा नम्वर २ स्थित जिल्ला अस्पताल सल्यानको इमर्जेन्सी वाडको भवनको छानो उडाएको छ ।
यस्तै बागचौर नगरपालिका २ खरीबोट बस्ने नन्दलाल वलीको घर, सोहि वडाको लस्टम बस्ने निमराज डाँगीको घर, सारदा नगरपालिका वडा नम्वर १३ सल्लेरी स्थित छबिलाल रावतको घर, बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ५ चिउरा स्थित त्रिभुवन जनता मा।बि।को भवनको १८ वटा जस्तापाता र बिद्यालयको बाली बिज्ञान समुहको प्रयोगशालाको टर्नेल र त्रिपालमा समेत क्षति पुगेको छ भने सोहि वडाको चिउरा बस्ने राजकुमार पुन र नन्दलाल रानाको घरको छाना उडाएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीले क्षति पु¥याएको विवरणहरु प्रहरी ईकाई मार्फत संकलन गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रतिक्रिया