काठमाडौं- आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित टेकस्पायर कलेजमा “बागमती ओरिएन्टेसन सत्र” सफलतापूर्वक सम्पन्न गरेको छ।
इन्क्युबेसन तथा उद्यमशीलता विकासलाई लक्षित कार्यक्रममा दर्ता भएका १५ टिममध्ये १२ टिमको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले मेन्टरशिप, लगानी सहयोग र नीतिगत पहुँच आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा सञ्चार अधिकारी कृष्पना पौडेल र संयोजक रचना खरेल ले संस्थाको उद्देश्य तथा इन्क्युबेसन योजनाबारे जानकारी दिएका थिए।
सत्रमा विभिन्न स्टार्टअप टोलीहरूले आफ्नो अवधारणा प्रस्तुत गरेका थिए भने उद्यमी भुषण गिरी र रेशम भण्डारी ले व्यवसायको कानुनी, वित्तीय र व्यवहारिक पक्षमा सुझाव दिएका थिए।
औद्योगिक उद्यम विकास संस्थान का इन्जिनियर उमेश गुप्ता ले ७५ आवेदनमध्ये ४२ संस्था छनोट भएको जानकारी दिँदै आईटी क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रममा प्रश्नोत्तर तथा छलफलसमेत गरिएको थियो। फाउन्डेसनका अनुसार यस्ता कार्यक्रमले बागमती प्रदेशमा नवप्रवर्तन र स्टार्टअप इकोसिस्टम सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया