सीएफमोटो नेपालद्वारा २५० डुअलमा नयाँ ग्राहकमैत्री योजना सार्वजनिक

सोमबार, २१ बैशाख २०८३, १७ : ३३

काठमाडौं- सीएफमोटो नेपालले आफ्नो लोकप्रिय २५० डुअल मोटरसाइकलका लागि नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ। नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बुकिङपछि पनि लागू हुने विशेष अफर ल्याएको हो।

कम्पनीका अनुसार बजारमा २५० डुअलको बढ्दो माग र ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै योजना ल्याइएको हो। यस योजनाअन्तर्गत बुकिङ गरेको समयमा लागू रहेको अफर पूर्ण रूपमा सुनिश्चित रहने बताइएको छ।

नयाँ अफरमा ग्राहकले नगद तथा फाइनान्स सुविधामार्फत मोटरसाइकल खरिद गर्दा ८ हजार ३०० रुपैयाँसम्म छुट पाउनेछन्। साथै, एक्सचेन्ज सुविधामा १५ हजार रुपैयाँ बराबरको अतिरिक्त लाभसहित थप मूल्यांकनको सुविधा पनि उपलब्ध हुनेछ।

योजनाअन्तर्गत लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद क्यासब्याक पाउने व्यवस्था गरिएको छ। सीमित स्टकका कारण अफर छुट्ने सम्भावना कम गर्दै ग्राहकलाई स्पष्टता र भरोसा दिन यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना ग्राहकको विश्वास अझ मजबुत बनाउने र खरिद प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्यका साथ प्रस्तुत गरिएको हो।

एडभेन्चर सेग्मेन्टमा पर्ने २५० डुअल आकर्षक डिजाइन, बलियो प्रदर्शन र आधुनिक फिचरका कारण नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्दै गएको छ।

 
 
सोमबार, २१ बैशाख २०८३, १७ : ३३

प्रतिक्रिया