काठमाडौं- महालेखा नियन्त्रक कार्यालयले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई कर्मचारीलाई प्रत्येक १५–१५ दिनमा तलबभत्ता भुक्तानी गर्न निर्देशन दिएको छ ।
अर्थमन्त्रीस्तरबाट गत वैशाख ४ गते जारी ‘नीतिगत मार्गदर्शन’ अनुरूप अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्न पत्र पठाइएको हो । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भइसकेको र आवश्यक प्रणालीसमेत तयार गरिएको जनाइएको छ ।
प्रवक्ता एवम् सहमहालेखा नियन्त्रक दीपक लामिछानेका अनुसार यो व्यवस्था हाल संघीय सरकारअन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि परीक्षणका रूपमा लागू गरिएको हो । प्रदेश र स्थानीय तहले भने आवश्यकताअनुसार यसलाई अपनाउन सक्ने बताइएको छ
प्रतिक्रिया