काठमाडौँ- समृद्धि फाइनान्सले नेपाल सरकार, भुमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौसंग जग्गा धनी, ऋणी र वितीय संस्थाको प्रतिनिधी समेतको भौतिक उपस्थितिमा भुमि सुधार मालपोत कार्यालयको रहोबरमा धितो बन्धकी लिखित पारित गरिदै आएकोमा अब उपरान्त उक्त कार्य पुर्ण रुपमा सुचना प्रविधिमा आधारित रही भुमि प्रशासन निर्देशिका २०८१ बमोजिम रोक्का, फुकुवा सम्बन्धि सम्पुर्ण कार्यहरु अनलाईन मार्पmत सम्पन्न गर्नको लागि नेपाल सरकार, भुमि व्यवस्थापन तथा अभिलेख विभागसंग समझदारी पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र नेपाल सरकार, भुमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट महा निर्देशक शिव प्रसाद रेग्मीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात् धितो बन्धकको रोक्का तथा फुकुवा सम्बन्धि सम्पुर्ण कार्यहरु अनलाईन मार्फत संस्थाले नै गर्न सकिने छ । उक्त सुविधा यस फाइनान्सको केन्द्रिय कार्यालय मार्फत नेपाल अधिराज्य भरमा रहेको सम्पुर्ण शाखा कार्यालयहरुको समेत गर्न सकिनेछ । यो संगै फाइनान्सका ग्राहकले कर्जा उपभोग गर्दा छिटो छरितो तथा सहज रुपमा सेवा प्राप्त गर्न सक्नेछन् ।
समृद्धि फाइनान्स लिमिटेडले डिजिटल वित्तीय सेवा विस्तार गर्दै नयाँ प्रविधिहरु मार्फत ग्राहक सन्तुष्टिमा केन्द्रित सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस., आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिंग लगायतका बैंकिग र मोबाइल बैंकिग, डेबिट कार्ड, क्यु.आर कोड जस्ता अत्याधुनिक डिजिटल सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया