काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जालमा दुई नेपाली चर्चित कन्टेन क्रेटर साजन श्रेष्ठ र विश्वास तिमिल्सिना (BT Kancha) बीचको विवादले व्यापक चर्चा पाउन थालेको छ।
केही दिनअघि साजन श्रेष्ठले आफ्नो फेसबुकमार्फत निहुँ खोजेको संकेतात्मक स्टाटस सार्वजनिक गर्दै लेखेका थिए— “Koi koi comedian new khojdai raicha usko video react garyo bhanera, paila paila nachalda mail gari gari video react gardau na bhanneko birsyo ki kya ho?? Jhyaam dinu parne!!!” उनको उक्त स्टाटसपछि सामाजिक सन्जालमा विभिन्न अड्कलहरू सुरु भएका थिए। धेरै प्रयोगकर्ताहरूले यसलाई कुनै अन्य क्रेटर्स तर्फ लक्षित गरिएको हुनसक्ने अनुमान गरेका थिए।
यहीबीच, उक्त स्टाटसको कमेन्टमा विश्वास तिमिल्सिना (BT Kancha) ले प्रत्यक्ष प्रतिक्रिया दिँदै लेखेका छन्— “Afu hafta din mehnat garera euta video banayo, ani Ha ha garera tes bata paisa kamayo. bhayo k, aba react na gara bhanda new khojdai status haalecha. ramro mukh le samjhako bujhdaina ki k ho?”
BT Kancha को यस प्रतिक्रियापछि भने बहसले नयाँ मोड लिएको छ। कमेन्टमा “Guess the name of comedian” देखि “another controversy coming soon” जस्ता प्रतिक्रियाहरूले यो विषयलाई अझै चर्चामा ल्याएको छ।
यसैबीच, पछिल्ला दिनहरूमा सामाजिक सन्जालमा देखिएको “निहुँ खोज्ने” सम्बन्धी बहससँग पनि यो घटनालाई जोडेर हेरिएको छ।
हालसम्म दुवै creators ले यस विषयमा औपचारिक रूपमा कुनै विस्तृत धारणा सार्वजनिक गरेका छैनन्। तर उनीहरूबीचको यो संवादले दर्शकको चासो उच्च बनाएको छ।
अब प्रश्न उठ्न थालेको छ— के यो केवल social media बहस हो, वा कुनै ठूलो योजनाको सुरुवात?
प्रतिक्रिया