समाचार

बजेट निर्माणमा जुट्यो रास्वपा : मन्त्री र सासंदबीच आज छलफल हुँदै

बुधबार, २३ बैशाख २०८३, ११ : ३१

काठमाडौं- सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण कार्यमा जुटेको छ । उक्त बिषयमा रास्वपाका मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ ।

दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागितामा छलफल हुन लागेको हो ।

छलफलमा अन्य विकास निर्माणका योजनाका लगायतका विषयमा पनि पूर्वतयारीबारे छलफल हुने बताइएको छ ।

 
बुधबार, २३ बैशाख २०८३, ११ : ३१

प्रतिक्रिया