अपडेट

आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

विहीबार, २४ बैशाख २०८३, १० : ११

काठमाडौं–  प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ । बैठक अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धमा छलफल हुने बाइएको छ ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरे लगत्तै परिषदको बैठक बोलाइएको हो ।

 
 
विहीबार, २४ बैशाख २०८३, १० : ११

प्रतिक्रिया