समाचार

उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार, निजी क्षेत्रको मनोबल बढाउने प्रतिवद्धता

विहीबार, २४ बैशाख २०८३, १४ : १२

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुगेका छन् ।

अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले आज कार्यभार सम्हालेका हुन् । पदबहालीपछि अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने बताए ।

अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गरे ।

 
विहीबार, २४ बैशाख २०८३, १४ : १२

प्रतिक्रिया