काठमाडौं- लिभप्योर ब्रान्डको आधिकारिक बिक्रेता, के एल दुगड ग्रुप अन्तर्गत कम्पनी स्मार्ट अप्लायन्सेस प्रा. लि. ले बिगत ३ वर्ष देखि लिभप्योर का एयर कुलरहरु बजारमा उपलब्ध गराउदै आएको छ ।
लिभप्योर एयर कुलर पर्सनल र डेजर्ट दुवै श्रेणीमा प्रभावकारी र किफायती शीतल समाधानका रूपमा उपलब्ध छन् । शक्तिशाली एयर डेलिभरी र लामो एयर थ्रो क्षमताले कोठाभरि समान रूपमा चिसो हावा पु¥याउँदै आरामदायी अनुभव प्रदान गर्छ ।
एन्टी–ब्याक्टेरियल हनीकोम्ब प्याडले स्वच्छ र ताजा हावा सुनिश्चित गर्छ भने ठूलो पानी ट्याङ्की क्षमताले लामो समयसम्म निरन्तर शीतलता दिन्छ। पानीको स्तर सूचकले प्रयोगलाई अझ सहज बनाउँछ ।
कम विद्युतीय खपतका कारण लिभप्योर एयर कुलरहरू इन्भर्टरमा समेत सञ्चालन गर्न सकिन्छ। साथै, मोटर सुरक्षा र अन्य सुरक्षा सुविधाले सुरक्षित र भरपर्दो प्रयोग सुनिश्चित गर्दछ ।
बहुदिशात्मक पाङ्ग्रा, सजिलो नियन्त्रण र कम्प्याक्ट डिजाइनका कारण यी कुलरहरू घर तथा कार्यालय दुवैका लागि उपयुक्त छन् ।
यस गर्मीमा लिभप्योर एयर कुलरको शक्तिशाली शीतलता, कम विद्युत खपत र अधिकतम आरामको अनुभव गर्नुहोस् ।
प्रतिक्रिया