निजी क्षेत्रलाई नतर्सिन र हल्लाको पछि नलाग्न अर्थमन्त्री वाग्लेको आग्रह

शनिबार, २६ बैशाख २०८३, १२ : ०६

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई नतर्सिन र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले व्यवसायीहरू सरकारको शत्रु नभई विकासका साझेदार भएको स्पष्ट पारेका छन् ।

“निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन,“ अर्थमन्त्री वाग्लेले भने, “तपाईँहरू हल्लाको पछि नलाग्नुहोस्, तपाईँहरू हाम्रो १०० बिलियन डलरको अर्थतन्त्र बनाउने सपनाका साझेदार हो ।”

उनले नेपाल अहिले आर्थिक रूपान्तरणको मोडमा रहेको र आगामी बजेटले अर्थतन्त्रको जहाजलाई सही दिशामा मोड्ने विश्वास दिलाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दाको समय र अहिलेको नेपालको आर्थिक सूचक उस्तै रहेको बताउँदै उनले सही नीति लिएमा नेपालले पनि छोटो समयमै फड्को मार्ने दाबी गरे ।

सरकारले अहिले सुशासन, अर्थतन्त्रको पुनरुत्थान, कनेक्टिभिटी, सामाजिक लगानी र पर्यटनमार्फत ’सफ्ट पावर’ विस्तार गर्ने ५ मुख्य प्राथमिकता राखेको उनले जानकारी दिए ।
 

 
 
शनिबार, २६ बैशाख २०८३, १२ : ०६

प्रतिक्रिया