राजनीति

प्रधानमन्त्री शाह नआएको भन्दै कांग्रेसले गर्यो राज्य व्यवस्था समितिको बैठक बहिष्कार

सोमबार, २८ बैशाख २०८३, १३ : ४३

काठमाडौं- प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । 

काँग्रेसले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुम्वासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ दिन समितिको बैठकमा नआएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादवले बहिष्कार गरेका थिए ।

समितिका सभापति हरि ढकाललाई प्रधानमन्त्री बालेन शाहलाई समितिमा उपस्थित गराउन काँग्रेसले आग्रह गरेको बताएको छ ।

 
 
सोमबार, २८ बैशाख २०८३, १३ : ४३

प्रतिक्रिया