काठमाडौं- बजारमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) प्रतिक्रेट ३५ रुपैयाँले वृद्धि गरेको छ।
संघका अनुसार पछिल्ला चार दिनभित्रै अन्डाको मूल्य दोस्रो पटक बढाइएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४३५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४०० रुपैयाँ थियो।
त्यसैगरी ठूलो (लार्ज) अन्डाको मूल्य ४५० रुपैयाँबाट बढेर ४८५ रुपैयाँ कायम गरिएको छ। एक्सएल अन्डाको मूल्य पनि ३५ रुपैयाँले बढेर ५०० रुपैयाँ पुगेको संघले जनाएको छ।
प्रतिक्रिया