नीति तथा कार्यक्रम:

आगामी आर्थिक वर्षदेखि लागू हुने गरी रोजगार प्रवर्द्धन दशक घोषणा गरिने

सोमबार, २८ बैशाख २०८३, १७ : ००

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी रोजगार प्रवर्द्धन दशक घोषणा गर्ने भएको छ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा सरकारले रोजगार प्रवर्द्धन दशक घोषणा गर्ने कार्यक्रम ल्याएको हो। 

आर्थिक वर्ष २०८३/८४ देखि आर्थिक वर्ष २०९२/९३ सम्म रोजगार प्रवर्द्धनन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिने भएको हो। वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्न यस्तो कार्यक्रम ल्याइने सरकारले बताएको छ।

 
सोमबार, २८ बैशाख २०८३, १७ : ००

प्रतिक्रिया