स्नो रिभर्सको आईपीओ सर्वसाधारणका लागि खुला

मंगलबार, २९ बैशाख २०८३, ११ : ४०

काठमाडौं- स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ ।

यस आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओको छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बन्द हुने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

 
मंगलबार, २९ बैशाख २०८३, ११ : ४०

प्रतिक्रिया