काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.४ को उत्तरगंगा टोलमा अल्का अस्पताल प्रालि जावाखेल, हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखा, सामुदायिक विकास कार्यक्रम नेपाल र उत्तरगंगा टोल विकास संस्थाको संयुक्त आयोजनामा शनिवार घरदैलो स्वास्थ्य घुम्ती सेवा सम्पन भएको छ। उक्त कार्यक्रम सञ्चालन गरेको क्षेत्र उतरगंगा टोलका सम्पूर्ण जेष्ठ नागरिक अपांग, गर्भवती तथा सुत्केरी महिला र दीर्घरोगीहरुका लागि ‘घरदैलो घुम्ती शिविर स्वास्थ्य सेवा’ तीन दिन सञ्चालन भएको थियो ।

सो कार्यक्रमको कार्यअवधि शनिवार, आइतबार र सोमबार गरि तिन दिन सञ्चालित यस कार्यक्रमको प्राविधिक सहयोग गर्दै अल्का अस्पतालले डाक्टर, नर्स तथा अन्य प्राविधिक व्यक्तिहरुको टोली परिचालन गरेको थियो । उक्त घुम्ती शिविरमा घरदैलोमा गइ जेष्ठनागरि, अपाङ्ग, गर्भवती तथा सुत्केरी भएका महिलाहरूको उच्च रक्तचाप तथा मधुमेह (सुगर)को बढी जाँचगर्ने कार्य भएको थियो। सोको परिणाम तत्काल दिएको थियो। अन्य रोगीको लागि सुझाव दिएको थियो ।
स्थानीय समुदायले आयोजकहरूलाई हार्दिक धन्यवाद दिनका साथै प्रसंशा गरेका थिए। अधिकांश जेष्ठ नागरिहरुले यस प्रकारको सेवा नेपाल सरकारले पनि घरघरमा हप्ताको एक पटक जाने व्यवस्था मिलाएमा जनताले स्वास्थ्य सेवामा निकै राहत पाउने बताएका थिए। तर सबैभन्दा बढी स्थानीय जेष्ठ नागरिक, अपाङ्ग, गर्भवती तथा सुत्केरी महिला र दीर्घरोगीहरुले घरमै सेवा पाउने आशा वर्तमान सरकारबाट गरेका छन् ।

यो स्वास्थ्य सेवा निःशुल्क घुम्ती शिविर सेवाको रूपमा सञ्चालन गर्नाले स्थानीय वासीहरु अतिखुशी हुनकासाथै आफुलाई भाग्यमानी सम्झेका छन्। सबै व्यक्ति स्वास्थ्य संस्थासम्म उपचारकालागि पुग्न नसक्ने जस्तै जेष्ठनागरि तथा अपाङ्गहरुकालागि विशेष ध्यान दिएर यो कार्यक्रम संञ्चालन गरिको हो।
त्यसैले कार्यक्रम भव्य रुपमा सञ्चालन भयो भन्ने कुरा डा.लछी सिंह, हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका सभापतिले बताए । गाँउ गाउँ तथा टोल टोलमा चिकित्सक सहित घुम्ती शिविर सेवा सञ्चालन भएपछि उपचार गरराउन आउनेको भीड लाग्ने गरेको थियो भने उत्तरगंगा टोल विकासका अध्यक्ष ई.सुरेश बहादुर क्षेत्रीले बताएका थिएँ।

स्थानीय जेष्ठनागरिक तथा सेवानिवृत खानेपानी समितिका अध्यक्षा नरेन्द्र कुमार भुसालले यस्तो सिकेर स्थानीय सरकारले पनि गर्नुपर्ने बताउँदै खुशी व्यक्त गरे ।टोलमै स्वास्थ्य सेवा पाएपछि स्थानीय टोलवासीहरु अतिनै खुशी भएको जानकारी हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका उप(सभापति श्री बिमला कार्की भण्डारीले बताइन्। स्थानीय टोलवासीका लागि एक ठूलो चाडपर्व आएको जस्तो महसुस भएको उत्तरगंगा टोल विकास संस्थाका सचिव अनिल श्रेष्ठले बताए ।

स्थानीय जनताले यस्तै प्रकारको विकास चाहेको पूर्व सांसद नवराज सुवेदी, पूर्व मन्त्री हस्तबहादुर मल्ल, पूर्व सभासद धनश्याम शर्मा पौडेलले शिविरमा बिचार अदान प्रदान गरे। नेपालमा स्रोत भए पनि यस्तो आइडिया कुनै सरकारको मनमा नआएको र विकास भनेको ठूलाठूला निमार्ण गर्ने कार्यलाइ मान्ने गरिएको बताएका थिए ।

यस घरदैलो स्वास्थ्य सेवा घुम्ती शिविरको कार्यक्रममा पूर्व मन्त्री, पूर्व सासदहरु तथा वरिष्ठ पदबाट राष्ट्रियसेवा पुरागरि सेवानिवृत्त भएकाहरुले पनि आफनो स्वास्थ्यको परिक्षण गराएका थिए। यस कार्यक्रमले टोलवासीहरुलाई स्वास्थ्य सेवामा भइरहेको कठिनाई तथा समस्या सुन्ने तथा तत्कालै समाधान हुन सक्ने समस्याहरूलाई समाधान गर्ने समेत लक्ष्य घुम्ती शिविरमा रहेको भनाई अल्का अस्पतालका प्रशासन कोर्डिनेटर संगीता खडकाले भनिन्। यस कार्यक्रमबाट सबै स्थानीय टोलीवासीहरुले लाभ लिएको अर्का अल्का अस्पतालका प्रशासकिय अधिकृत राज शाहीले बताए ।
यस घरदैलो स्वास्थ्य घुम्ती शिविर सेवाले करिब ३०० जनाहरूले निरन्तर सेवा पाएकोले प्राविधिक टोली डाक्टर, नर्सहरुले सन्तुष्टि देखाएका छन्। यसले कार्यक्रमले स्थानीय जनताको जनचेतना अभिवृद्धि गर्ने कार्य भएको बताए ।
यसै प्रकारले अन्य समुदायमा पनि यस्तै प्रकारको स्वास्थ्य सेवा घुम्ती शिविर राख्नाले धेरै जनताले घरदैलोमा स्वास्थ्य सेवा पाउने विचारमा दुईमत छैन भनि शिविरका डा.पौडेलले भने। प्राविधिक टोलीले पनि चारवटै संस्थाहरुलाई धन्यवाद दिएका थिए। यस्तै प्रकारको सेवा हरसमय पाउनु आशावादी हुनेछौ भनि कार्यक्रम सम्पन भएको धोषणा पनि गर्नु भयो । (लेखक डा.सिंह समाज शास्त्र तथा सुशासन विज्ञ तथा हार्ट क्लब नेपाल ललितपुर जिल्लाका सभापति हुन् ।)
प्रतिक्रिया