काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको अर्बौं रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् । मंगलबार बसेको अर्थ समिति बैठकमा उनले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको प्रभाव र कब्जामा पुगेको अवस्था रहेको बताएका हुन् ।
वाग्लेले नेपालको पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे । उनले स्टक एक्सचेन्ज पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने र आगामी बजेटमार्फत पुँजी बजार सुधारलाई थप ठोस बनाइने बताए ।
उनले केही समूहले ‘मार्केट म्यानिपुलेसन’ र ‘इन्साइडर ट्रेडिङ’मार्फत जनताको १५–१६ अर्ब रुपैयाँ अपचलन गरेर राजनीतिक नेतृत्व र आर्थिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास गरेको टिप्पणी गरे ।
अर्थमन्त्री वाग्लेले ‘जेन–जी आन्दोलन’लाई परिवर्तनको महत्वपूर्ण कारकका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी पनि गरे ।
प्रतिक्रिया