१४ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा रोक !

मंगलबार, २९ बैशाख २०८३, १४ : १०

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती कम्पनीलाई सार्वजनिक खरिद ऐन–२०६३ अनुसार कालोसूचीमा राखिएको जनाएको छ ।

समयमै जिम्मा लिएको काम पूरा नगरेपछि निर्माण कम्पनीहरूलाई एक वर्षदेखि डेढ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कालोसूची अवधिभर ती कम्पनीले कुनै पनि सार्वजनिक खरिद तथा सरकारी ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन् । कार्यालयले कालोसूचीमा परेका निर्माण कम्पनी र सम्बन्धित मुख्य व्यक्तिहरूको विवरणसमेत सार्वजनिक गरेको छ ।

Screenshot_2026-05-12_112510_DLUUY3nIws

Screenshot_2026-05-12_112547_elt46qtmUh

 
 
मंगलबार, २९ बैशाख २०८३, १४ : १०

प्रतिक्रिया