काठमाडौं- सेयरबजार मंगलबार पुनः ओरालो लागेको छ। सोमबार ३८ अंकले बढेको नेप्से मंगलबार फेरि ३९.४४ अंकले घटेको हो।
योसँगै बजार २७४४.४० विन्दुमा झरेको छ। यस दिन ४ अर्ब ६६ करोडको कारोबार भएको छ। कुल १ करोड कित्ता खरिदबिक्रीमा यो परिमाणको कारोबार भएको हो।
आज कुनै कम्पनीको अधिकतम कारोबार करिब १९ करोडसम्म मात्र छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेशनल हाइड्रो १८ करोड ९९ लाख, रिलायन्स स्पिनिङ मिल्स १८ करोड ९ लाख, रिडी पावर १७ करोड, शिवम् सिमेन्ट १५ करोड ८९ लाख र एसवाई प्यानल १५ करोड ३३ लाखको कारोबार भएको हो।
यस दिन कुनै एक सेयरको अधिकतम मूल्यवृद्धि १५ प्रतिशतसम्म छ। धौलागिरि लघुवित्तको उक्त दरले बढ्दा लगानीकर्ताले प्रतिकित्ता १९५ रुपैयाँ कमाएका छन्। यसबाहेक अन्य प्रतिसेयर मूल्यवृद्धि दर अधिकतम ५.५३ प्रतिशतसम्म मात्र छ।
आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सबैभन्दा धेरै मूल्य घटेको छ। १२.४० प्रतिशतले घट्दा लगानीकर्ताले प्रतिकित्ता ११४ रुपैयाँ गुमाएका छन्। बाँकी सेयरहरुको घटेको मूल्यदर अधिकतम ८.२९ प्रतिशतसम्म छ।
नेप्सेका अनुसार मंगलबार सामूहिक लगानी कोषबाहेक सबै समूह राताम्य रहेका छन्।
प्रतिक्रिया