याम्बालिङ हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न

बुधबार, ३० बैशाख २०८३, ११ : ५२

काठमाडौं- याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आइपिओ) बुधबार बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले नक्सालस्थित कार्यालयमा गोलाप्रथामार्फत बाँडफाँड सम्पन्न गरेको हो ।

कम्पनीले वैशाख १६ देखि २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता शेयर बिक्री खुला गरेको थियो । कुल २९ लाख ३८ हजारभन्दा बढी योग्य आवेदन परेकोमा गोलाप्रथाबाट १ लाख ७४ हजार ३०० जना आवेदकले जनही १० कित्ता शेयर प्राप्त गरेका छन् ।

आइपिओको नतिजा सीडीएससीको आईपीओ रिजल्ट तथा मेरोशेयरमार्फत हेर्न सकिने जनाएको छ ।

 
बुधबार, ३० बैशाख २०८३, ११ : ५२

प्रतिक्रिया