सरकारको प्रशासनिक पुनर्संरचना

सरकारले घटायो मन्त्रालयको संख्या, अब १७ मन्त्रालयमा सीमित

बुधबार, ३० बैशाख २०८३, ११ : ५९

काठमाडौं–  सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्ने निर्णय गरेको छ । अब संघीय सरकार सहित १७ वटा मन्त्रालयमा मात्रै सीमित हुने भएको छ ।

यसअघि २२ वटा मन्त्रालय रहेको संरचना सरकारले कार्यविभाजन नियमावली–२०८३ मार्फत पुनर्गठन गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेसँगै मन्त्रालय संख्या औपचारिक रूपमा घटाउने निर्णय गरेको हो ।

सरकारले समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गर्दै खर्च कटौती, प्रशासनिक दोहोरोपन अन्त्य र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ संरचना लागू गर्न लागेको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार केही मन्त्रालय गाभिने, केहीको नाम परिवर्तन हुने तथा कार्यक्षेत्र पुनः निर्धारण गरिनेछ । यसलाई संघीय प्रशासन सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

 
बुधबार, ३० बैशाख २०८३, ११ : ५९

प्रतिक्रिया