काठमाडौं- नेपालको धितोपत्र बजार पुँजीकरण २०८२ चैत मसान्तसम्म ४८ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७३.२३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ७१.३८ प्रतिशत थियो ।
समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनी संख्या २७० बाट बढेर २९४ पुगेको छ । तीमध्ये बैंक तथा बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५०.२ प्रतिशत रहेको छ भने जलविद्युत कम्पनीहरूको हिस्सा १७.८ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा १ खर्ब ३२ अर्बभन्दा बढीको धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । साथै नेपाल धितोपत्र बोर्ड ले ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
प्रतिक्रिया