मकैबारीमा मृत भेटियो भाले गैँडा

शुक्रबार, ०१ जेठ २०८३, १२ : ०६

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ ।

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए। 

उनका अनुसार वयस्क गैँडा मरेको हो । खाग र खुर सुरक्षित राखिएको छ । शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । 
 

 
शुक्रबार, ०१ जेठ २०८३, १२ : ०६

प्रतिक्रिया