काठमाडौं - राजनीतिक नियुक्तिहरु अध्यादेशद्वारा बर्खास्त गरेपिछि सरकारले नियुक्ति प्रक्रिया सुरु गरेको छ । देशका विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ। अन्य विश्वविद्यालयहरुमा भने यस अघि नै विज्ञापन खुलाइसकिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
समितिले योग्य तथा इच्छुक व्यक्तिबाट १० दिनभित्र दरखास्त पेश गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया