काठमाडौं- ‘करेन्ट’ चाउचाउका बारेमा बजारमा विभिन्न समाचारहरु आएपछि उत्पादक यशोदा फुड्सले उपभोक्तालाई कुनै पनि खाद्य सामग्री उपभोग गर्नुअघि उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ।
गर्मी मौसममा बढ्दो तापक्रम र चर्को घामका कारण खाद्य सामग्रीको गुणस्तर प्रभावित हुन सक्ने भन्दै कम्पनीले विक्रेता तथा उपभोक्तालाई सचेत रहन अपिल गरेको हो।
यशोदा फुड्सले जारी गरेको सूचनामा पसल तथा काउन्टरमा राखिएका उत्पादनहरूलाई घाम र पानी नपर्ने, ओभानो तथा सुरक्षित स्थानमा भण्डारण गर्न विक्रेतालाई अनुरोध गरिएको छ।
कम्पनीका अनुसार उचित भण्डारण र सही वितरण प्रक्रियाले मात्र उत्पादनको गुणस्तर कायम रहन्छ र उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्छ।
प्रतिक्रिया