नेपाल दूरसञ्चार प्राधिकरण

सम्पर्कविहीन १७ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको अन्तिम चेतावनी

मंगलबार, ०५ जेठ २०८३, १२ : ४५

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई लाइसेन्स खारेजीअघि सफाइ पेस गर्ने अन्तिम मौका दिएको छ।

प्राधिकरणका अनुसार ती कम्पनीहरूले केही आर्थिक वर्षदेखि लेखापरीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको बक्यौता नबुझाई सम्पर्कविहीन बनेका छन्। दूरसञ्चार ऐन, २०५३ को दफा २८ ९४० अनुसार १५ दिनभित्र सफाइ पेस गर्न प्राधिकरणले निर्देशन दिएको छ।

अन्तिम मौका पाउने कम्पनीहरूमा बेनी कम्युनिकेसन, ब्रोडब्यान्ड सोलुसन्स, बिग मर्स्याङ्दी नेट, डिभाइन स्ट्रिम नेटवर्क, क्लिन नेटवर्क, जीआरएस लिंक इन्टरनेट सर्भिस, कालिका नेट, कस्मिम नेट, डाइरेक्ट मिडिया, क्षिरेश्वर नेटवर्क, मेट्रोलिंक बिजनेस, नेपाल नेट संचार, प्राइम नेटवर्क, सांग्रिला इन्फोम्याटिक्स, अल्ट्रानेट कम्युनिकेसन, युनिफाइड कम्युनिकेसन र युनाइट नेटवर्क्स रहेका छन्।

प्राधिकरणले पटक–पटक पत्राचार, इमेल तथा सार्वजनिक सूचना जारी गर्दा पनि सम्बन्धित सेवा प्रदायकबाट अटेर भएको जनाएको छ।

 
मंगलबार, ०५ जेठ २०८३, १२ : ४५

प्रतिक्रिया