काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ विरुद्ध दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छनोट प्रक्रियाविरुद्ध परेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ सम्पन्न भएको हो ।
महासंघले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि जेठ ८ गते मिति तय गरेपछि प्रक्रिया मिचिएको आरोप लगाउँदै हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले सोमबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । रिटमा महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र केन्द्रीय कार्यकारिणी समितिलाई विपक्षी बनाइएको छ ।
निषेधाज्ञाको मागसहित दायर गरिएको रिटमाथि न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाइ भएको हो । अदालतको आदेश आउन भने बाँकी रहेको छ ।
प्रतिक्रिया