समाचार

लिचिबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी

बुधबार, ०६ जेठ २०८३, १७ : ०९

काठमाडौं- पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई ५० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी अथवा जेथा जमानतमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

मंगलबार नै आदेश भए पनि धरौटी रकमबारे इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको हो । पूर्व सामान्य प्रशासनमन्त्री गुप्तालाई २०८२ पुस १७ गते विशेष अदालत ले थुनामा राख्न आदेश दिएको थियो । त्यसयता उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका थिए ।

यसैबीच, सर्वोच्च अदालतले पूर्वमन्त्री रन्जिता श्रेष्ठ को हकमा विशेष अदालतले २०८२ फागुन १० गते गरेको आदेशलाई सदर गरेको छ ।

 
 
 
बुधबार, ०६ जेठ २०८३, १७ : ०९

प्रतिक्रिया