नेपाल बीमा प्राधिकरण

स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको भन्दै ६ बीमा कम्पनीमाथि प्राधिकरणको कारबाही

विहीबार, ०७ जेठ २०८३, १३ : १७

काठमाडौं- ६ बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले २/२ लाख रुपैयाँ जरिवानाको कारवाही गरेको छ । प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई जनही २/२ लाख रुपैयाँ जरिवाना गरेको हो ।

प्राधिकरणले फास्ट ट्र्याकको पिआईमा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरेको तथा स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको भन्दै सो इन्स्योरेन्स कम्पनीहरूलाई कारबाही गरेको हो ।

 
विहीबार, ०७ जेठ २०८३, १३ : १७

प्रतिक्रिया