मिस नेपाल २०२६ का लागि आवेदन खुला, ग्राण्ड फिनाले साउन १६ मा हुने

विहीबार, ०७ जेठ २०८३, १४ : ४०

काठमाडौं द हिडन ट्रेजरले बहुप्रतिक्षित “मिस नेपाल २०२६” प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । नेपाल तथा विदेशमा बसोबास गर्ने इच्छुक नेपाली युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको आयोजकले जनाएको छ । आवेदन दिने अन्तिम मिति जेठ २५, २०८२ (जुन ८, २०२६) तोकिएको छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले साउन १६ गते काठमाडौंस्थित द प्लाजामा आयोजना हुनेछ भने कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । यस वर्ष पनि मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोसमो गरी तीन विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

IMG_2879

हालै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली प्रतिनिधिहरूले उल्लेखनीय सहभागिता जनाउँदै आएका छन् । मिस नेपाल इन्टरनेशनल २०२५ उषा भण्डारीले टोकियोमा आयोजित मिस इन्टरनेशनलमा सहभागिता जनाएकी थिइन् भने मिस नेपाल अर्थ २०२५ सुमी घलेले फिलिपिन्समा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

प्रतियोगिताका लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष तोकिएको छ । सहभागी नेपाली नागरिक हुनुपर्नेछ । विदेशमा बसोबास गर्ने नेपालीहरूले एनआरएन कार्डमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन निःशुल्क रहेको आयोजकले जनाएको छ ।

017A0637

यस वर्षको मिस नेपाल खोज अभियान देशका विभिन्न सहर—विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा सञ्चालन गरिनेछ। साथै काठमाडौंका १० कलेजमा मिस नेपाल एक्टिभेसन अभियान पनि चलाइनेछ । अन्तिम अडिसन जेठ २६ गते काठमाडौंमा हुनेछ ।

थप जानकारीका लागीः 
मिस नेपाल २०२६ को आवेदन दिन www.missnepal.com.np वा Miss Nepa  मोबाइल एपमा लग इन गर्न सक्नेछन् । 

 
विहीबार, ०७ जेठ २०८३, १४ : ४०

प्रतिक्रिया