अदालतले दिएन अन्तरिम आदेश

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको बाटो खुल्यो

विहीबार, ०७ जेठ २०८३, १६ : १२

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अघि बढ्ने भएको छ । उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि शुक्रबार हुने चयन प्रक्रियाको बाटो खुलेको हो ।

महासंघमा प्रक्रिया मिचेर वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्न लागिएको भन्दै हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

अदालतले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । बिहीबार भएको छलफलपछि अदालतले अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको भन्दै निवेदन खारेज गरेको हो ।

अदालतको निर्णयसँगै महासंघमा तय गरिएको कार्यतालिका अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अघि बढ्ने भएको छ ।

 
 
विहीबार, ०७ जेठ २०८३, १६ : १२

प्रतिक्रिया