नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

विहीबार, ०७ जेठ २०८३, १६ : ३७

काठमाडौं- नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा  कमल लामिछानेलाई नियुक्त गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयद्वारा जारी प्रेस नोटका अनुसार, लामिछाने केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा प्रबन्धक पदमा कार्यरत छन् । आमसञ्चारकर्मी तथा सर्वसाधारणको जानकारीका लागि टेलिकमले नयाँ प्रवक्ताको सम्पर्क विवरण समेत सार्वजनिक गरेको छ ।

प्रवक्ताको सम्पर्क विवरणः
कार्यालय फोन नंः ०१–४२१०२०४
मोवाइल नंः ९८५१३७४११५
इमेलः [email protected]

उक्त प्रेस नोट नेपाल टेलिकमका सह–प्रवक्ता प्रसुन थापा क्षेत्रीद्वारा प्रमाणित तथा जारी गरिएको हो ।

ntc01
 

 
 
 
विहीबार, ०७ जेठ २०८३, १६ : ३७

प्रतिक्रिया