काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेका छन् ।
विपक्षी दलको विरोधबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन अघि बढाएपछि संसद्मा तनावपूर्ण अवस्था सिर्जना भएको हो । विरोध जनाउँदै विपक्षी सांसदहरूले संसद्को बेल घेराउसमेत गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा गृह, विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।
त्यसपछि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै नाराबाजी सुरु गरेका हुन् ।
विपक्षीको अवरोधका बीच सभामुख अर्यालले बैठक सञ्चालन जारी राखेका थिए भने कानुनमन्त्री गौतमले प्रधानमन्त्रीका तर्फबाट विभिन्न विधेयक संसद्मा पेश गरेकी थिइन् ।
प्रतिक्रिया