काठमाडौं- एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ५५ हजार ७०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री खुला गर्न लागेको हो ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ७९ हजार कित्ता शेयर बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ । यस्तै, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आवेदन ‘मेरो शेयर’ र सी–आस्बा प्रणालीमार्फत दिन सकिनेछ ।
प्रतिक्रिया