अपडेट

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको उछाल, कारोबार रकम ६ अर्ब नजिक

सोमबार, ११ जेठ २०८३, १५ : १८

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको हो ।

यसदिन कुल ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १ करोड ४५ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

कारोबारमा २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । सोमबार अधिकतम सेयर वृद्धिदर ९.०१ प्रतिशतसम्म पुगेको छ भने गिरावट दर १०.३२ प्रतिशतसम्म देखिएको छ ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यसपछि रिडी पावर को ३० करोड, अपि पावर को १८ करोड, नेशनल हाइड्रो को १५ करोड तथा ङादी ग्रुप पावर को १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सामूहिक लगानी कोष समूहबाहेक अन्य सबै उपसमूह हरियालीमा बन्द भएका छन् ।

 
 
सोमबार, ११ जेठ २०८३, १५ : १८

प्रतिक्रिया