मौसम पूर्वानुमान

पश्चिमी, स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव, यी स्थानमा मध्यम वर्षाको सम्भावना

मंगलबार, १२ जेठ २०८३, ०७ : ००

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी बागमती र गण्डकी  प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई  भूभागमा आंशिक बादल लाग्नेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भूभागका  एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी,  बागमती र गण्डकी प्रदेशका तराई  भू–भागका थोरै स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको छ।

आज राति कोशी र  मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मंगलबार, १२ जेठ २०८३, ०७ : ००

प्रतिक्रिया