काठमाडौं- स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ आज बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा २६ लाख १ हजार ८ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८ सय ५५ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदकको आवेदन रद्द भएको छ ।
कम्पनीको आईपीओमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको थियो ।
प्रतिक्रिया