करेन्ट चाउचाउ सुरक्षित रहेको यशोदा फुड्सको दाबी, ‘ल्याब परीक्षणपछि मात्रै बजारमा पठाउँछौं’

विहीबार, १४ जेठ २०८३, १२ : ३२

काठमाडौं- यशोदा फुड्सले आफ्ना सबै उत्पादन तथा ब्राण्ड गुणस्तरीय परीक्षणपछि मात्रै उपभोक्तामाझ पुग्ने जनाएको छ। कम्पनीले करेन्ट चाउचाउ निर्धक्क भएर सेवन गर्न उपभोक्तासँग आग्रह गरेको छ।

कम्पनीले जारी गरेको वक्तव्यमा करेन्टका सम्पूर्ण ब्राण्डप्रति उपभोक्ताले देखाएको विश्वास र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको उल्लेख छ।

यशोदा फुड्सका अनुसार सबै उत्पादन विभिन्न ल्याब परीक्षणपछि मात्रै बजारमा पठाइने गरिएको छ। उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई कम्पनीले पहिलो प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीले हजारौं व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको तथा राज्यलाई ठूलो परिमाणमा राजस्व तिर्दै आएको दाबी गरेको छ।

यस्तै, करेन्ट चाउचाउ नेपालसहित विश्वका २२ भन्दा बढी देशमा निर्यात भइरहेको कम्पनीले जनाएको छ। निर्यातमार्फत विदेशी मुद्रा आर्जनमा समेत योगदान पुगिरहेको उल्लेख गरिएको छ। कम्पनीले आफ्ना उपभोक्ता, व्यापारी, किसान तथा कर्मचारीप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

 
विहीबार, १४ जेठ २०८३, १२ : ३२

प्रतिक्रिया