समाचार

बजेटअघि कांग्रेस संसदीय दलको बैठक सुरु, रणनीति तय गर्दै

विहीबार, १४ जेठ २०८३, १२ : ४२

काठमाडौं- नेपाली काँग्रेस संसदीय दलको बैठक आगामी आर्थिक वर्षको बजेटअघि रणनीति तय गर्न सिंहदरबारमा सुरु भएको छ।

बैठकमा बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका, संसद्मा उठाइने विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल भइरहेको बताइएको छ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ। बजेट भाषणको अघिल्लो दिन बसेको यस बैठकलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

संसदीय दलका अनुसार बैठकमा संसद्मा पार्टीले अपनाउने रणनीति र आगामी राजनीतिक एजेन्डाबारे पनि सदस्यहरूबीच विचारविमर्श हुनेछ।

 
विहीबार, १४ जेठ २०८३, १२ : ४२

प्रतिक्रिया